धनगढी – कैलालीमा सडेको अवस्थामा शव फेला परेको छ । घोडाघोडी नगरपालिका–५ सेउकलियाको जङ्गलमा आइतवार साँझ सडिसकेको अवस्थामा शव फेला परेको हो ।
कान्द्रा नदिदेखि एक सय ५० मिटर पश्चिमतर्फ शव फेला परेको प्रहरी इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
शवको अस्थिपञ्जर मात्रै बाकी रहेकाले पहिचान गर्न नसकिने प्रहरीले जनाएको छ । शव जनप्रतिनिधि लगायतको रोहवरमा गाडिएको छ । शव पहिचानका लागि आवश्यक सामग्री सम्बन्धित निकायमा पठाइएको प्रहरीको भनाइ छ ।
दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...