२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

दार्चुलाबाट लागूऔषध सहित २ जना पक्राउ

अत्तरिया – दार्चुलाबाट प्रहरीले लागूऔषध सहित २ जना पक्राउ परेका छन । शनिबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले शैल्यशिखर नगरपालिका – ९ गोकुलेश्वर बजारबाट २ जनालाई पक्राउ गरेको हो ।

सुपप्र ०१–००१ प २०६९ नम्बरको मोटरसाइकलाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको हेडलाइटको माथि लुकाएको अवस्थामा १ ग्राम लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ र ३८ हजार ५६५ नगद बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक शैल्यशिखर नगरपालिका – ९ गाजरीका २० वर्षीय सुरज महर मोटरसाइकलान सवार १७ बर्षिय किशोर रहेका छन ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०८१ भाद्र ९

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP