
दिपायल- अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) डोटीले नेपाल टेलिकमलाई मूल्यवृद्धि घटाउन अनुरोध गरेको छ । टेलिकमले आफ्नो सेवामा बेलाबेलामा बढाएको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी सहित ज्ञापन पत्र बुझाएको हो ।
विश्वभर सञ्चारमा सेवाशुल्क घटेता पनि नेपालमा टेलिकमले जनताको ढाड सेक्ने गरी अनावश्यक र अनाधिकृत रूपम शुल्क बढाएको भन्दै विज्ञप्ति मार्फत भर्त्सना गरिएको छ ।
अखिल समाजवादीका डोटी जिल्ला इन्चार्ज प्रकाश सी र संयोजक टेकेन्द्र बोगटीद्वारा हस्ताक्षरित ज्ञापन पत्र मार्फत मूल्यवृद्धि नघटाएमा टेलिकम विरुद्ध चरणबद्ध रूपले आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
‘दैनिक भ्वाइस प्याक, मासिक भ्वाइस प्याक, अनावश्यक रूपले बढाएको शुल्क घटाउन हुन हार्दिक अनुरोध गर्दछौ, ज्ञापन पत्रमा भनिएको छ, यदि समयमै गल्ती सच्याएन भने हाम्रो संगठन जस्तो सुकै कदम चाल्न तयार छ, शुल्क घटेन भने टेलिकम विरुद्ध आन्दोलन गर्ने चेतावनी दिन्छौँ ।’
नेपाल टेलिकमले केही दिन पहिला मात्रै विभिन्न प्याकहरूको मूल्यमा फेरबदल गरेको थियो ।
दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...