२०८३ असार ३, बुधबार
June 17, 2026, Wednesday

राति १ बजेसम्म चल्यो रविको बयान, के भने उनले ?

काठमाडौं-सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग शुक्रबार १० घण्टा लामो बयान लिएको छ ।

समितिले ५१ वटा प्रश्न तयार पारेर दिउँसो ३ बजेदेखि लामिछानेसँग बयान लिन सुरु गरेकोमा राति १ बजेसम्म चलेको  थियो । त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापतिसमेत रहेका उनले आफूलाई गोर्खा मिडियाको आर्थिक कारोबारबारे थाहा नभएको जवाफ दिएका  छन् ।

‘आफूले कार्यक्रम उत्पादन र सञ्चालनको पाटो मात्रै हेरेको तर कम्पनीको आर्थिक पाटो थाहा नभएको जवाफ उनले दिएका छन् ।

समितिले सभापति लामिछानेसँग गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरुमा सोधपुछ गरेको थियो । जवाफमा लामिछानेले आफ्नो नाम कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जीबी राईलाई थाहा हुने कुरा राखेको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए । ‘विभिन्न सहकारीबाट आफ्नो नाममा प्रवाह गरिएका भनिएको रकम, ती सन्दर्भमा हस्ताक्षर, कागजात, नागरिकतासहितका चिजहरु त्यहाँ समावेश नभएको, अहिलेसम्म ती कुराहरु राख्नुभयो,’ थापाले भने, ‘कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जीबी राईलाई थाहा हुने विषय राख्नुभएको छ ।’

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८१ भाद्र ८

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP