शिस डेस्क – नेपाली सेनाको हेलिकप्टरमार्फत शसस्त्र प्रहरीका टोली दार्चुलाको छाङरु पुगेको छ।

बुधबार बिहान काठमाडाबाट उठेको हेलिकोप्टर सदरमुकाम खलंगा हुँदै दिउँसो २५ जना शसस्त्रका सुरक्षा फौज लिएर छाङरु पुगेको हो।

भारतले अतिक्रमण गरेका कालापानीभन्दा २५ किलोमिटर तल रहेको छाङरुमा बन्न लागेको बोर्डर आउट पोष्ट-बिओपीले लिपुलेक-कालापानी क्षेत्रमा पर्ने नेपाल-भारत सीमाको रेखदेख गर्ने छ।
सरकारले गत मंसिरमा बिओपीको संख्यालाई एक सय ७ बाट २ सय २१ र्पुयाउँदा छाङरुमा पनि बिओपी बनाउने निर्णय समावेश थियो।

तर मौसमी प्रतिकुलता, जग्गा प्राप्तीमा ढिलाई, भौतिक संरचनाको अभावलगायत कारणले त्यस क्षेत्रमा बिओपी बन्न नसकेको दाबी सशस्त्र प्रहरी मुख्यालयको छ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेपछि नेपालमा विरोध सुरु भएसँगै नेपाली फौज छाङरु पुगेको हो।
दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...