२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

बिहीबार देखि एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने

सरकारले जेठ १ बिहीबार देखि आवातजावतलाई थप कडाइ गर्ने भएको छ। गृह मन्त्रालयले सम्बन्धित निकायलाई थप कडाइ गर्न निर्देशन दिएको छ।

गएको तीन दिनमा लगातार संक्रमित संख्या बढ्दै गएपछि गृहले थप कडाइ गरेको हो। ‘जेठ १ देखि यसअघि दिएको पास खारेज गरिएको छ’, गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले सेतोपाटीसँग भने,‘ एक जिल्लाबाट अर्को जिल्लामा जान अनुमति लिएको पास खारेज गरिएको हो।’

यदि कोही बाहिर जान चाहे भने पनि मनासिब कारण देखाएर दुबै जिल्लाको अनुमति लिइनुपर्ने उनले बताए। तर काठमाडौं उपत्यकाको हकमा भने यो लागू हुनेछैन।

सरकारी कर्मचारीले सम्बन्धित मन्त्रालयको सचिवले जारी गरेको पासको आधार हिँड्डुल गर्न सक्नेछन्। ती पास पनि एक तिहाइ कर्मचारीलाई जारी गरिने छ।

निजी संस्थाको हकमा नियामक निकायले जारी गरेको पासको आधारमा मात्र हिँड्न पाइने भएको छ। जस्तै: बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले जारी गरेको पासले मात्र हिँड्न पाइने छ,नेपाल टेलिकम वा एनसिएलका कर्मचारी नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको पासले हिँड्न पाउँछन्।

अत्यावश्यक सेवाका लागि कुनै प्रावधान लागू भएको छैन। सञ्चार माध्यमहरूले भने सूचना विभागका कार्ड प्रयोग गर्न सक्नेछन्।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ बैशाख ३०

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP