२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

सुदूरपश्चिमका १० सहित बाढीपहिरोबाट हालसम्म १७० जनाको मृत्यु

धनगढी– अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सुदूरपश्चिमका १० जनाको मृत्यु भएको छ ।

शुक्रबार सम्म सुदूरपश्चिमका १० जनाले बाढीपहिरो लगायतका विपत्तिका कारण ज्यान गुमाएका हुन । देशभर उक्त संख्या १७० पुगेको छ । जसमा कोशी प्रदेशका २५, मधेस प्रदेशका ६ जना, बाग्मतीका ३४ जना, गण्डकीका ५४, लुम्बिनिका ३३ र कर्णालीका ८ जना रहेका छन ।

साथै कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा ३०, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा २ सय ३ जना घाइते भएका छन् ।

 

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ श्रावण २६

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP