२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

बाटो खुल्ने पर्खाइमा किसान

बाजुरा– बाजुराको पूर्वी उत्तर क्षेत्रका स्याउ किसान बाटो खुल्ने पर्खाइमा छन् । जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक, जगनाथ र बुढीनन्दा लगायतका स्याउ किसान साउनको अन्तिमदेखि भदौमा जिल्ला तथा बाहिर स्याउ बिक्रीका लागि जाने गर्दछन् ।

लामो समयदेखि अवरुद्ध बनेको मार्तडी कोल्टी सडकका कारण यहाँको स्याउ बिक्रीका लागि बजार पुग्न समस्या भएको किसान धन रावलले बताए । उनले भने, ‘गत वर्षभन्दा यो वर्ष बारीमा स्याउ राम्रो फलेको छ । यसलाई समयमै बजारसम्म लान सके राम्रो बिक्री हुन्थ्यो ।’

पहिले स्याउ कहिले पाक्लान भनेर स्याउको बोटमा हेर्ने गरेको थिएँ । अहिले त्यो बोटमा स्याउ पाकेर रातो भएपछि बाटो कहिले खुल्ला भन्ने पर्खाइमा छौँ, स्याउ किसान रावलले भने, उसो त स्याउ स्टोर गरेँ भने केही समयपछि पनि बिक्री गर्न सकिन्थ्यो । तर बाजुरामा त्यो व्यवस्था भने छैन ।

स्याउ पछिसम्म राख्नका लागि राम्रो शीतभण्डारको आवश्यकता पर्छ । यहाँ शीतभण्डार छैन । गत वर्षमा निर्माण हुन थालेका शीतभण्डार अहिलेसम्म सञ्चालमा आएका छैन । शीत भण्डार नहुँदा यहाँका स्याउ किसानलाई स्याउ स्टोर गर्न समस्या भएको हो ।

अविरल वर्षातका कारण बडिमालिका नगरपालिकाको ७ जिल्ली सडकमा फेरि गएको पहिरोका कारण मार्तडी कोल्टी सडक अवरुद्ध भएको भौतिक पूर्वाधार विकास अछामका प्रमुख रुद्धबहादुर बोगटीले बताए। उनले भने, ‘सडक पुन सुचारु गर्नका लागि यती बेला यहाँका स्थानीय सरकार तथा जिल्ला विपत् व्यवस्थापन समितिसँग समन्वय गरिरहेका छौँ ।’

स्याउ किसानको त्यो समस्यालाई विचार गर्दै अबका केही दिनपछि घाम लागेभने मार्तडीदेखि कोल्टी सडक पुनः सञ्चालन गर्ने गरी सडक मर्मतको काम सुरु गर्ने प्रमुख बोगटीले बताए।

Related News

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
  • २०८१ श्रावण २५

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

TOP