२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

डडेल्धुरामा जीप दुर्घटनाः चार घाइते, एकको अवस्था गम्भीर

डडेल्धुरा– डडेल्धुरामा जीप दुर्घटना भएको छ। बिहीबार दिउँसो डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै जीप दुर्घटना भएको हो।

सदरमुकामबाट गन्यापधुरा गाउँपालिका गइरहेको सुपप्र ०४००१च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ४ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेमध्ये एकजना गम्भीर अवस्थामा रहेका छन् भने तीन जनाको अवस्था सामान्य रहेको छ।

घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ श्रावण २४

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP