२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

नगर विकास कोष सञ्चालक समिति सदस्यमा लम्की नगर प्रमुख शाही मनोनित

दिपायल– कैलालीको लम्की चुहा नगरपालिकाकी नगर प्रमुख शुशिला शाही नगर विकास कोष सञ्चालक समिति सदस्यमा मनोनित भएकी छिन् ।

बिहिबार बसेको संघिय मन्त्रीपरिषदको बैठकले शाहीसहित सातवटै प्रदेशका एक–एक स्थानीय तहका प्रमुखलाई सदस्यमा मनोनित गरेको हो ।

शहरी विकास मन्त्रालयको सिफारिसमा आएको प्रस्ताव अनुसार उनलाई सदस्यमा मनोनित गरिएको आज सार्वजनिक भएको निर्णयमा उल्लेख छ ।

नगर विकास कोष ऐन, २०५३ को दफा १४ को उपदफा २ (घ) बमोजिम शाहीलाई सञ्चालक समितिको सदस्यमा पदाधिकारी मनोनित गरिएको जनाइएको छ ।

 

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८१ श्रावण २४

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP