दिपायल– डोटीमा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण गरिएको छ । कुकुरको संख्या नियन्त्रण गर्ने लक्ष्यसहित सामुदायिक कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
जिल्ला भेटनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र सिलगढीको आयोजना तथा सेती प्राविधिक शिक्षालय कृषि विभागको प्राविधिक सहयोगमा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
सेती प्राविधिक शिक्षालय अन्तरगत भेटनरी क्लिनिक एण्ड टिचिङ् सेन्टरमा दुई हप्तासम्म बन्ध्याकरण शिविर सञ्चालन गरिएको थियो ।
सो अवधिमा सामुदायिक भाले कुकुर २९ र पोथी कुकुर १८ गरि ४७ कुकुरको बन्ध्याकरण गरिएको थियो । त्यस्तै घरपालुवा भाले पाँच र पोथी सात गरि १२ कुकुरको बन्ध्याकरण गरिएको सेती प्राविधिक शिक्षालयका शिक्षक तथा पशु चिकित्सक डाक्टर खेमराज उपाध्यायले बताए ।
दिपायल सिलगढी नगरपालिकाको पिपल्ला बजार, राजपुर, एयरपोर्ट, सुनगडा, कुलपाते, चिसापानीमा रहेका सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण गरिएको उनले बताए ।
बन्ध्याकरण शिविरमा सेती प्राविधिक शिक्षालय कृषि विभागका विभागीय प्रमुख धुर्वराज जोशी, डा. पृथ्वी थापा, पशु प्राविधिक सुरत कठायत, नवीन रेग्मी, शेखर धामी, तेजेन्द्र बिक, ममता सारु लगायतको टिमको सहभागिता रहेको थियो ।
कुकुर बन्ध्याकरण गर्दा संख्यामा नियन्त्रण हुने, रेबिज रोग नियन्त्रण हुने, पर्यटक आगमनमा फाइदा पुग्ने, टोक्ने तथा उत्तेजित कुकुरहरुको त्रासमा कमी र वातावरण सन्तुलनमा सहयोग पुग्ने जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिलगढीका प्रमुख हरी भण्डारीले बताए।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...