२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

मुख्यमन्त्री शाह र स्काउटको टोलीबिच भेटवार्ता, सबै पालिकामा स्काउट पुर्‍याउने विषयमा छलफल

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र सुदूरपश्चिम प्रदेशका स्काउट टोलीबिच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रमुख आयुक्त, स्काउट प्रदेश परिषद् सदस्य, स्थानीय स्काउट प्रमुख आयुक्त, स्काउट मास्टर लगाएको टोलीले मुख्यमन्त्री शाहसँग भेटवार्ता गरेको हो ।

भेटमा मुख्यमन्त्री शाहले स्काउटले सुदूरपश्चिम प्रदेशमा राम्रो गतिविधि गरिरहेको बताएका थिए । उनले स्काउटको गतिविधि बढाउन सरकारले पनि सक्दो सहयोग गर्ने बताए । अहिले सुदूरपश्चिम प्रदेशको सबै स्थानीय तहका स्काउट पुग्न नसकेको भन्दै सबै पालिमा पुग्ने गरि लाग्न पनि मुख्यमन्त्री शाहले सुझाव दिएको स्काउट सुदूरपश्चिम प्रदेश प्रमुख आयुक्त नरेन्द्र थापाले बताए ।

मुख्यमन्त्रीसमक्ष स्काउटका प्रतिनिधिहरूले सरकारको साथ पाए सुदूरपश्चिममा नमुना काम गर्न सक्ने बताएका थिए । उनीहरुले अहिले पनि स्थानीय तहहरूमा स्काउटले थुप्रै गतिविधि गरिरहेको बताएका थिए ।

 

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८१ श्रावण २३

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP