२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुग्यो : एकैदिन थपिए २४ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ। आजमात्रै २४ जना नयाँ संक्रमित भेटिएका छन् ।

नेपालमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ। ६ जना कपिलवस्तु, ६ जना रुपन्देही र बर्दियामा १ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

संक्रमितहरू कपिलवस्तुको यशोधरा -८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५,१९, २३, ३०,३२ र ३८ वर्षीय पुरूष रहेका छन्। त्यस्तै, रुपन्देही सम्मरीमाई गाउँपालिका-७ र लुम्बिनी साँस्कृतिक नगरपालिका -६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरूष रहेका छन् भने बर्दिया राजापुर-५ की ११ वर्षीय बालिका छिन्।

उनीहरूको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले बताएको छ।

यसअघि आजै ११ जना संक्रमित भेटिएका थिए। १० जना संक्रमित कपिलवस्तुका थिए भने एक जना सप्तरीका थिए। 

पिलवस्तुका संक्रमितहरू १८,१९,२४, ३०, ३१ वर्षका एक-एक पुरूष र २० वर्षका दुई तथा ३४ वर्षका दुई पुरूष रहेका थिए। यसैगरी एक जनाको भने उमेर खुलेको छैन भने सप्तरीका १८ वर्षीय पुरूषमा संक्रमण देखिएको थियो। 

योसँगै नेपालमा संक्रमित संख्या १ सय ३४ पुगेको छ। जसमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने तीनमा पुन:संक्रमण देखिएर अस्पतालमा उपचार भइरहेको छ।

Related News

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु
  • २०७७ बैशाख २९

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु कञ्चनपुर – कञ्चनपुरको पुनर्वास...

TOP