बगंलादेशको राजधानी ढाकामा व्यापक लुटपाट र तोडफोड भएका छन्। प्रदर्शनकारीहरूले गृहमन्त्री असदुज्जामान खानको धनमण्डीस्थित निवासमा तोडफोड गरेका छन्।
बीबीसी बगंलाका अनुसार, प्रदर्शनकारीहरूले मुख्य गेट तोडेर भवनमा प्रवेश गरेपछि घरबाट धुँवा निस्किएको थियाे।
प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा पनि लुटपाट भएको छ। प्रदर्शनकारीहरूले शेख हसिनाको कार्यालयबाट फर्निचर बोकेर लगेका छन्।
एक प्रदर्शनकारीले बीबीसीलाई भने अनुसार, पूर्वप्रधानमन्त्री शेख हसिनाका पिता तथा स्वतन्त्रता संग्रामका नेता शेख मुजीबुर रहमानको मूर्ति पनि क्षतिग्रस्त गरिएको छ।
शेख मुजीबुर रहमानको स्मृति संग्रहालयमा समेत आगजनी भएको छ। उनलाई १९७५ मा राष्ट्रपतिका रूपमा सेवामा रहेका बेला हत्या गरिएको थियो।
पूर्वी शहर सिल्हेटमा पनि उपयुक्त आयुक्त र प्रहरी अधीक्षकको कार्यालयमा आगजनी गरिएको छ भने केही पार्षदहरूको घरमा आक्रमण भएको छ।
प्रदर्शनकारीले शेख मुजीबुर रहमानको मूर्ति ढाले
एक प्रदर्शनकारीले बीबीसीलाई बताए अनुसार गणभवनमा शेख मुजीबुर रहमानको मूर्ति ढालिएको छ। उनी शेख हसिनाका पिता र स्वतन्त्रता आन्दोलनका नेता हुन्।
साे क्षेत्रमा छाडिएका केही मन्त्रीहरूको निजी गाडीहरूलाई पनि भिडले क्षति पुर्याइरहेको छ भने केही मानिसहरू बख्तरबन्द सवारी साधनमा चढिरहेका छन्।
प्रधानमन्त्रीको निवासमा लुटपाट
ढाकामा प्रधानमन्त्री शेख हसिनाको आधिकारिक निवासमा लुटपाट भइरहेको फुटेज बाहिर आएको छ। केही प्रदर्शनकारीहरू गणभवनबाट कुर्सी र सोफा बोकेर हिँडेको देख्न सकिन्छ।
प्रधानमन्त्री हसिनाले देश छाडिन्
प्रधानमन्त्री हसिनाले मुलुक छाडेकी छिन् । आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले मुलुक छाडेकी हुन् । बीबीसीका अनुसार उनी चढेको हेलिकप्टर भारततर्फ उडेको छ । प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले मुलुक छाडेका हुन् ।
यसैबीच गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा भिड जम्मा भएको जानकारी दिएको हो । उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको समाचारमा उल्लेख छ ।
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...