२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

नवनियुक्त मुख्यमन्त्री शाहले लिए पद तथा गोपनीयताको शपथ

दिपायल- सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिज्ञापन

प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

शाहलाई आइतबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बनेका छन्। उनले यसअघि १४ महिना नेतृत्व गरेर राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए।पुनः समीकरण बदलिंदा मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाह फेरि मुख्यमन्त्री बनेका हुन्। उनी समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन्।

Related News

रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
  • २०८१ श्रावण २१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...

TOP