२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026, Friday

नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुग्यो : कपिलवस्तुमा भेटिए १० संक्रमित

काठमाडौं- सोमबार कपिलवस्तुका थप दश जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ भने कपिलवस्तुमा मात्रै १५ जना संक्रमित भएका छन् ।

यसअघि शनिबार ८ जनामा कोरोना पुष्टि भएकोमा ४ जना उदयपुर ३ जना कपिलवस्तु र एक जना रौतहटका थिए । कपिलवस्तुमा त्यसअघि पनि भारतको मुम्वईबाट लुकिछिपी नेपाल प्रवेश गरेका दुई युवामा संक्रमण पुष्टि भएको थियो

आज (सोमबार) संक्रमण पुष्टि भएकाहरु कपिलबस्तुको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० नम्बर वडाका बासिन्दा रहेका छन् ।

संक्रमित सबै पुरुष हुन् । उनीहरु १८ देखि ३४ वर्ष उमेर समुहको रहेको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related News

शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
शिखर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा 
  • २०७७ बैशाख २९

दिपायल – शिखर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका...

TOP