२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

रहेनन् पूर्व वडा अध्यक्ष तुलाराम बलायर

शिखर समाचार

डोटी- नेपाली काँग्रेसका नेता तथा पूर्व वडाध्यक्ष तुलाराम बलायरको निधन भएको छ । बलायरको ७१ बर्षको उमेरमा शनिबार आफ्नै निवास शिखर नगरपालिका वडा नं ८ मा निधन भएको हो ।
स्वर्गीय बलायर लामो समय देखि घाटीको श्वास नलीको समस्यावाट पीडित रहको आफन्तले बताएका छन् ।

स्वर्गीय बलायरको आईतबार सेती नदीघाटमा अन्तिम दाहासंस्कार गरिएको शिखर नगरपालिका वडा नं ८ का वडाध्यक्ष शिद्ध बहादुर बलायरले बताए । स्वर्गीय वलायरको पार्थिव शरिरमा नेपाली कांग्रेस डोटीका क्षेत्रिय सभापति विजय खड्का, वडा नं ८ का वडाध्यक्ष शिद्ध बहादुर बलायरले नेपाली कांग्रेसको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिई सम्मान गरेका थिए ।

स्वर्गीय बलायरको अन्तिम दाहासंस्कारमा श्रद्धाञ्जली दिन क्षेत्रीय सभापति खड्का, वडाध्यक्ष बलायर, नेपाली काँग्रेसका नेता कार्यकता, आफन्त, सुभचिन्तकको सहभागिता थियो । स्वर्गीय वलारयको सम्मानमा एक मिनेट मौनधारण समेत गरिएको थियो ।

स्वर्गीय वलायर २०५४ सालमा साविकको लाटामाण्डांै गाविस वडा नं ८ मा नेपाली काँग्रेसवाट निर्वाचित वडा अध्यक्ष हुन् । उनी निश्वार्थी, स्पष्ट, पार्टीका लागि निरन्तर लागिरहने हसिला स्वभावका एक हस्ती ब्यक्ती रहेको क्षेत्रिय सभापती खड्काले वताए ।

स्वर्गीय लायरका १ छोरा, श्रीमती, वुहारी, १ नाती २ नातीनी रहेका छन ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ बैशाख २९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP