२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

कैलालीमा सहचालकलाई कब्जामा लिने ५ जना युवाविरुद्ध अपहरण मुद्दा

धनगढी– कैलालीको मोहन्याल गाउँपालिका–७ को पितमारी खोलाबाट सोमबार राति जीपका सहचालकलाई नियन्त्रणमा लिएर बन्दक बनाएको भन्दै पाँच जनाविरुद्ध उजुरी परेको छ ।

लम्कीचुहा नगरपालिका–९ बस्ने जीपका सहचालक लोकेन्द्र चौधरीले पाँच जनाविरुद्ध अपहरण तथा शरीर बन्धक शिर्षकमा किटानी जाहेरी दर्ता गरेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीले लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने नारायण शाही, गोविन्द साउँद, भावेश सापकोटा, सागर शाह र हेमन्त पौडेलविरुद्ध किटानी हेरी परेको जानकारी दिए । उनकाअनुसार किटानी जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढाइएको छ ।

सहचालकलाई नियन्त्रणमा लिने मध्येका नारायण शाही र गोविन्द साउँदलाई पक्राउ गरेकाले अदालतबाट पाँच दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान भइरहेको छ भने फरार रहेका अन्य तीन जनाको खोजी भइरहेको छ ।

सोमबार राति किटानी जाहेरीमा उल्लेख भएका पाँच जना युवाको समूहले पितमारी खोलामा दाउरा लिएर आइरहेको भे १ च ३७१४ नम्बरको बोलेरो जीप रोकेर चालक अनुराज चौधरी र जीप मालिक रामबहादुर चौधरीमाथि कुटपिट गरेको थियो ।

घटनाबारे प्रहरीलाई जानकारी भएपछि उनीहरुले नै सबै जना फस्ने भन्दै जीप मालिक, चालक र सहचालकलाई आफूहरुसँगै भाग्न भनेका थिए । मालिक र चालक उनीहरुसँग नगएपनि सहचालक चौधरीलाई आफैसँग लिएर फरार भएका थिए ।

तर मंगलबार साँझ भने सहचालक चौधरी उनीहरुको कब्जाबाट फुत्किएर भागेर घर पुगेका थिए । चौधरी सकुशल घर पुगेपछि परिवारले उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक किटानी जाहेरी दिएका हुन् ।

 

Related News

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
  • २०८१ श्रावण १६

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

TOP