काठमाडौं– आम चुनावको २० महिनापछि संघीय संसदको एउटा समिति गठन हुन लागेको छ ।
संघीय संसदमा हाल १६ वटा विषयगत समिति रहेका छन् । त्यसमध्ये १५ वटा समिति १५ वैशाख २०८० मा गठन भएका थिए ।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति भने गठन नै हुन सकेको थिएन ।
कार्य व्यवस्था परामर्श समितिको सुझाव लिएर मंगलबार सभामुख देवराज घिमिरे समिति गठन गर्न लागेका हुन् ।
मंगलबारको प्रतिनिधि सभामा यो समितिमा रहने सदस्यहरुको नाम प्रस्तुत गर्ने कार्यसूची छ । उक्त प्रस्तावलाई सभाले स्वीकार गरेसँगै समिति गठन हुनेछ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला...