काठमाडौं– सहकारीको बचत अपचलन, हिनामिना र ठगीमा छानबिन गरिरहेको संसदीय समितिले पूर्वगृहमन्त्री रवि लामिछानेलाई बोलाएर सोधपुछ गर्ने भएको छ । उनीविरुद्ध उजुरी परे पनि गृहमन्त्री भएका बेला उनीमाथि हालसम्म सोधपुछ तथा अनुसन्धान अवरोध हुँदै आएको थियो ।
समितिका एक सदस्यका अनुसार गोर्खा मिडिया नेटवर्कसँग मागिएका कागजात प्राप्त भइनसकेकोले उनलाई बोलाउन ढिलाइ भइरहेको हो ।
‘कागजात आउनासाथ लामिछानेलाई सोधपुछका लागि बोलाउने तयारी छ, गोर्खा मिडिया नेटवर्कका तत्कालीन र वर्तमान सञ्चालक समितिका मान्छेलाई बोलाउने छानबिन समितिको कार्यविधिमै व्यवस्था छ,’ ती सदस्यले भने, ‘गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई बोलाउँछौं ।’
डडेल्धुरा- डडेल्धुरामा चरेशसहित २ जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका–७...