२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

कैलालीमा बाढीले सशस्त्रको बिओपी विस्थापित

धनगढी– मोहना नदीमा आएको बाढीले कैलालीको धनगढीमा रहेको सशस्त्र प्रहरी बलको बिओपी विस्थापित भएको छ । नदीमा आएको बाढीले विओपी भएको क्षेत्रमा कटान गर्न थालेपछि धनगढी उपमहानगरपालिका– १९ मा स्थापना गरिएको बिओपी विस्थापित भएको हो । उक्त विओपी २०७८ साउन १८ गते स्थापना भएको थियो ।

विओपी विस्थापित भएपछि हाल सशस्त्र प्रहरी स्थानिय सामुदायिक भवनमा बस्दै आएका छन । नदीमा आएको बाढीले विओपी भवन बगाउन थालेपछि विस्थापित भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बिओपिका इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञराज भट्टराई हाल विओपीको संरचना जोखिममा परेको बताए । वडा नम्बर १९ का अध्यक्ष बाधुराम चौधरीले सरोकारवाला निकायसँग पटकपटक तटबन्धनको लागि माग गर्दा समेत कसैले सुनवाई नगरेको कारण बिओपी जोखिममा परेको बताए ।

उनले श्रमदान गरेर बोरामा बालुवा हालेर नदी रोक्ने प्रयास गरेपनि सफल नभएको बताए । मोहना नदी किनारमा रहेको नेपाल भारतको ७ किलोमिटर सीमा हेर्ने गरी बिओपी स्थापना गरिएको थियो ।

 

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ श्रावण १०

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP