२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

रास्वपालक्षित गर्दै ओलीले भने– परार बनेको पार्टीले संविधानको जिम्मा लिनुपर्दैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राणाशासनको अन्धकार युगदेखि अहिलेसम्म देशलाई ल्याइपुर्‍याएकोमा आफूलाई गर्व महसुस भएको बताएका छन्।

आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै संविधानको जिम्मा लिन नपर्ने पनि बताए।

‘परारको साल बनेको पार्टी संविधानको जिम्मा लिन्छ, पर्दैन हामी नै लिन्छौँ। लोकतन्त्रका लागि लडेको, ल्याएको जिम्मा हामी लिन्छौँ? रे, पर्दैन हामी नै लिन्छौँ,’ ओलीले भने।

साथै, उनले केही कमीकमजोरीहरू भएको भए पनि त्यसलाई स्वीकारेर अघि बढ्ने बताए।

‘राणाशासनको अन्धकार युगदेखि आजसम्म नेपाल आइपुगेको छ। त्यसका निम्ति संघर्ष र बलिदान गरेका छन्, त्यसमा गर्व फिल छ। कमीकमजोरी भएका छन्। केहीपनि भएको छैन होइन,’ ओलीले भने।

 

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ श्रावण ६

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP