दिपायल- नेपाली कांग्रेस डोटीले वृक्षारोपण गरेको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ४२औँ स्मृति दिवसका अवसरमा वृक्षारोपण गरेको हो ।
आइतबार सिलगढीस्थित जिल्ला समन्वय समिति परिसरमा वृक्षारोपण गरिएको नेपाली कांग्रेस डोटीका सचिव गणेश खड्काले जानकारी दिए । वृक्षारोपण पूर्व बीपीको सम्झनामा कार्यक्रम गरी उनको योगदानको विषयमा चर्चा गरिएको थियो ।
नेपाली कांग्रेस डोटीका उपसभापति विजय खड्काले बीपीको आदर्श, राजनीति र दूरदर्शी सोच अहिलेको पुस्ताका लागि अनुकरणीय रहेको बताए । उनले नेपाल मात्र नभै विश्वलाई गतिशील बनाउन बीपीले कोर्नु भएको समाजवादको मार्गले वर्तमान समाजलाई पनि उत्साह र उत्प्रेरणा प्रदान गरेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस डोटीका पदाधिकारी, पार्टीका नेताहरु, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, भातृ तथा शुुभेच्छुक संघ संगठनका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपाल विद्यार्थी संघ डोटीले पनि सोही अवसरका जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गर्नुका साथै विरामीको अवस्थाका बारेमा जानकारी लिएको थियो ।
बिपी स्मृति दिवस : नेविसंघ डोटीद्वारा बिरामीहरुलाई फलफुल वितरण
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...