दिपायल- नेपाल विद्यार्थी संघ डोटीले जिल्ला अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुुल वितरण गरेको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ४२औँ स्मृति दिवसका अवसरमा फलफुल वितरण गरेको हो ।
आइबार जिल्ला अस्पताल डोटीमा रहका बिरामीहरुलाई फलफुल वितरण गर्नुका साथै बिरामीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको नेपाल विद्यार्थी संघ डोटीका कार्यवाहक अध्यक्ष योगेन्द्र रावतले बताए ।
“नेपाली साहित्य र राजनीतिका मूर्धन्य व्यक्तित्व बीपीको स्मृति दिवसका अवसरमा बिरामीहरुको स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण गरेका हौं,“रावतले भने,“ फलफुल बितरणसँगै बिरामीको स्वास्थ्य अवस्था र जिल्ला अस्पतालको सेवाका बारेमा पन जानकारी लिएका छौं । पछिल्लो समय जिल्ला अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । थप व्यवस्थापनका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने छौं ।”
उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु, जनप्रतिनिधि र नेपाल विद्यार्थी संघका नेतारुको सहभागिता रहेको थियो ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...