२०८१ माघ ३, बिहीबार
January 16, 2025, Thursday

संवैधानिक परिषद्‌मा अल्पमतमा परेपछि उपसभामुखको विषय निकालियो: सांसद सापकोटा

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुबोधले उपसभामुख इन्दिरा राना मगरमाथि गलत उद्देश्यका साथ प्ररित भएको पाइए आफूहरू सशक्त ढंगबाट प्रतिवादमा उत्रने चेतावनी दिएका छन्।

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले संवैधानिक परिषद्‌मा अल्पमतमा परेपछि उपसभामुखको विषयलाई हाइलाइट गरिएको बताए।

‘उपसभामुखको विषय आयो। खासगरी, राजनीतिक र नैतिक प्रश्न यो हो। यसलाई स्वीकार गर्नुपर्छ। संवैधानिक परिषद्‌मा तपाईंहरू अल्पमतमा पर्नुभयो भनेर जुन उद्देश्यका साथ हाइलाइट गरिएको छ। यदी साँच्चै त्यो हो भने मान्छेको चरित्र हत्या गर्नेका प्रति संसद्ले न्याय गर्न पर्छ,’ उनले भने।

साथै, सांसद सापकोटाले प्रतिपक्षीले यो विषयलाई सशक्त ढंगबाट प्रतिवाद गर्ने बताए।

‘संवैधानिक परिषद्‌मा रातारात के के निर्णय गर्न परेको छ, त्यो उद्देश्यका साथ प्रेरित गरिएको हो भने हामी प्रतिपक्षीले सशक्त ढंगबाट प्रतिवाद गर्छौं,’ उनले भने।

 

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०८१ श्रावण ६

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP