२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

फरार वडाध्यक्षद्वारा आत्मसर्मपण

म्याग्दी । प्रहरीको फरार सूचीमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजाले डेढ महिनापछि प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन ।

गत चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउँस्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद गरेको थियो ।

हात हतियार तथा खरखजना मुद्दा चलाइएपछि शेरपुजा फरार फरार थिए । 

अनुसन्धानमा सहयोग गर्न र कानूनीरूपले मुद्दाको प्रतिवाद गर्न शेरपुजा आफैँ आइतबार प्रहरीकहाँ पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।

उनका अनुसार प्रशासनबाट निजी हतियार राख्ने अनुमति नलिएका शेरपुजाको घरबाट बरामद भएको गोली प्रयोगशालामा परीक्षण गर्दा बाह्र बोरको भएको पुष्टि भएको छ ।

“उहाँ आफैँ अनुसन्धानमा सघाउने हिसाबले आउनुभएको हो”, प्रनाउ कुँवरले बताउनुभयो । चैत २९ गते बिहान ‘नेकपा गापा अध्यक्ष दीपक कार्की बिखर्ची मित्रले झैँ सामाजिक सञ्जालमा आगो बाल्नु छ ।

कसैले हिम्मत बोकी निभाउँछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउँछु’ भनेर फेसबुकमा स्टाटस राखेका शेरपुजाले केही समयमा हटाएका थिए ।

शेरपुजा विसं २०७४ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उममेद्वार भएर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उनलाई काँग्रेसका नेताहरुले प्रहरी कार्यालयमा ल्याएर आएका थिए । स्थानीय चुनावअघि काँग्रेसमा प्रवेश गर्नुभएका शेरपुजा काँग्रेसको रघुगङ्गा पालिका कार्यसमितिको सचिव हुन ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आबद्ध थिए ।

अवैध हातहतियार वा गोलीगठ्ठा राखेकाले शेरपुजाविरुद्ध अदालतमा हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाइएको थियो ।

फौजदारी अभियोग लागेपछि उनको पद निलम्बन हुने कानूनी व्यवस्था छ ।

अदालतले उनलाई दोषी ठहर गरे र पुनरावेदनमा पनि असफल भएमा वडाध्यक्ष पद गुम्नेछ ।रासस

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७७ बैशाख २३

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP