२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

दम्पत्ति हत्या प्रकरणमा छोराकै संग्लनता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पत्ति हत्या प्रकरणमा छोराकै संग्लनता रहेको भन्दै प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ। गत फागुन १५ गते घर भित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको भन्दै २६ बर्षीय छोरा भरत भण्डारीलाई पक्राउ गरी प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भण्डारीले नै बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ। उनलाई डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्वर २ जुगेनाबाट हिजोमात्रै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार हत्यामा संग्लन भण्डारी फागुन १४ गते लाईसेन्सको परिक्षा दिन महेन्द्रनगर पुगेका थिए भने सोही दिन डडेल्धुरा स्थित घर फर्किनका लागि हिडेका थिए। तर कैलालीको गोदावरी पुगेर उनी कलुवार फर्किएका थिए।सोही राती कलुवापुर घर पुगेका भण्डारीसंग धनाको वादविवाद भएको र धारिलो हतियार प्रयोग गरी सुरुमा धनाकै हत्या गरेको प्रहरीले जनाएको छ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७६ चैत्र ३

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP