डोटी- शिखर नगरपालिका वडा नं ४ मुडभरामा रहेको शक्तिपिठ दक्षिणकाली मन्दिरको शिलान्यास गरिएको छ ।

सोमवार मन्दिरका पुजारी, धामी (झांक्री) र गाउँका केही व्यक्तिको उपस्थितिमा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशी र धामीले संयुक्त रुपमा मन्दिर निर्माण कार्यको शिलान्यास गरिएको हो ।
कोरोनाको कारण सिमित व्यक्तिको उपस्थिमा शिलान्यास गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष शिवराज शर्माले बताए । मन्दिर निर्माणका लागि सिवराज शर्माको अध्यक्षतामा निर्माण समिति गठन गरेको छ ।
मन्दिर निर्माणमा सहयोग होस भन्ने उद्येश्यले यस क्षेत्रका वासिन्दालाई समेटेर कैलालीमा समेत उप-समिति गठन गरिने बताइएको छ । मन्दिर निर्माणकालागि गाउँभरी र बाहिर जिल्लामा रहेका आफन्तहरु तथा सुभचिन्तक संग चन्दा उठाउने निर्माण समितिका सचिव कासिनाथ जोशीले बताए ।
कार्यसमितिले मन्दिर निर्माणकालागि शिखर नगरपालिकालाइ सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको छ । काफली र दक्षिणकालिको थान संगै रहेको उक्त शक्ति पिठ मुडभरी मुलपूर्वज कुमाउबाट आउदा संगै ल्याएको विश्वास रहेको छ ।

मन्दिर शिलान्यासका क्रममा नगर प्रमुख जोशीले शिखर नगरपालिकामा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको बताउँदै यस्ता खाले शक्तिपिठको स्थापना हुनु राम्रो विषय रहेको बताए । ‘कुनै पनि ठाउको धर्म र संस्कृतिले सो ठाउँको पहिचान जोगाउछ ।, नगर प्रमुख जोशीले भने, ‘ धर्म र संस्कृति विर्सिदै गइरहेको अहिलेको अवस्थामा धर्म संस्कृति वचाउनु आफैमा चुनौती पूर्ण छ ।’
मन्दिर निर्माण कार्यमा सवैले हातेमालो गरेमा समयमै सम्पन्न गर्न सकिने बताउदै जोशीले नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।
कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...