२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

कैलाली कंचनपुरमा मंगलबार सार्वजनिक बिदा

चैत्र ४ गते मंगलवारका दिन कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा हुने भएको छ । राना थारु समुदायको महत्त्वपूर्ण पर्व खखडेहरा को अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले चैत्र ४ गते कैलाली र कंचनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सुदुर पश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै कैलाली कञ्चनपुरका सम्पुर्ण सरकारी कार्यालयहरू एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिएको छ । सुचनामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलको छाप सहित सूचना अधिकारी लक्ष्मी प्रसाद जोशी को हस्ताक्षर रहेको छ ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७६ चैत्र ३

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP