२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

सुरक्षाकर्मीको खटनपटन परिवर्तन : सीमाको सुरक्षामा प्रहरी, कारागार लगायत संरचनाको सुरक्षामा सेना

काठमाडौं । सरकारले महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका सशस्त्र र नेपाल प्रहरीलाई सीमाको सुरक्षामा खटाउने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न समस्यालाई ध्यानमा राखेर सरकारले सुरक्षाकर्मीको खटनपटन परिवर्तन गरेको हो ।

नयाँ व्यवस्था अनुसार सेनालाई सुरक्षाको जिम्मा दिएर प्रहरीलाई सीमा क्षेत्रमा खटाइने भएको छ ।

कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइनेछ ।

सुरक्षा समितिको हिजोको बैठकमा यससम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाले निम्त्याएको समस्या निराकरणका लागि सीमा क्षेत्रमा थप कडाइ गर्ने उद्देश्यले सो निर्णय गरिएको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले कोरोना संक्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एशियातर्फ बढ्न लागेकाले खुला सीमाना रहेको कारण नेपालले अब विशेष सावधानी अपनाउन आवश्यक रहेको बताए ।

उनले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

सीमावर्ती जिल्लामा सुरक्षाकर्मीको समन्वयमा सबै वडास्तरमा समुदायको सहयोगमा स्वयंसेवक परिचालन कमिटी गठन गरी सीमाबाट हुने अवैध प्रवेशलाई निरुत्साहित गर्ने कार्यक्रम बनाइने भएको छ ।

सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापनका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको बैठकमा जानकारी गराइएको छ ।

यसअघि मन्त्रालयले सीमावर्ती जिल्लामा १४ हजार सुरक्षाकर्मीलाई बढाएर २२ हजार पाँच सय पुर्‍याएको थियो ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ बैशाख २२

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP