२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि स्थानीय त्रसित

चितवन- रत्ननगर टाँडीस्थित हाईस्कुल रोडमा अज्ञात व्यक्तिले सडकमा पैसा फालेर भागेपछि स्थानीय त्रसित भएका छन् ।

नगरपालिकाको वडा नम्बर २ टाँडी चोक नजिक हाइस्कुल रोडमा बेवारिसे पैसा भेटिएको हो । एक अज्ञात व्यक्तिले सो रकम सडकमा फालेर भागेको स्थानीयले बताएका छन् ।

पैसा फालेको व्यक्ति मोटरसाइकलमा भागेको स्थानीयले बताए । सडकमा पाँच सय, पचास, बीस र दश रुपैयाँका नोट फालिएको छ । प्रहरीले पाँच सयको एउटा, पचासको ३ वटा, बीसको एउटा र दश रुपैँयाको एउटा नोट बरामद गरेको छ ।

कोरोना संक्रमण बढिरहेको बेला अज्ञात व्यक्तिले पैसा फालेर भागेपछि कतै काेराेना संक्रमण फैलाउन यस्तो गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ बैशाख २२

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP