२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

अभ्यास शिक्षणलाई प्रभावकारी बनाउन अन्तरक्रिया

कैलाली – कैलाली बहुमुखी क्याम्पसले शुक्रवार विद्यालयका प्रधानाध्यापकहरु संग अभ्यास शिक्षण सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

छात्र शिक्षकहरुले गर्ने अभ्यास शिक्षणलाई थप प्रभावकारी बनाउनका लागि कैलाली बहुमुखी क्याम्पस शिक्षाशास्त्र संकाय अन्तरगत रहेको अभ्यास शिक्षण समितिले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरक्रियामा कैलाली बहुमुखी क्याम्पसका प्रध्यापकहरु र विद्यालयका प्रधानाध्यापकहरुका बिचमा अभ्यास शिक्षणमा देखिएका समस्या, गुनासा र अनुभव आदानप्रदान गरिएको थियो । शिक्षा संकायमा अध्ययनरत विद्यार्थीहरुले अनिवार्य शिक्षण अभ्यास गर्नुपर्ने हुन्छ । त्यसका लागि क्याम्पसले विद्यार्थीहरुलाई बिभिन्न विद्यालयहरुमा शिक्षण अभ्यास गर्नका लागि पठाउँछ ।

कैलाली बहुमुखी क्याम्पस अभ्यास शिक्षण समितिका अध्यक्ष डाक्टर महेन्द्रराज जोशीले सहभागिहरुबाट राम्रा सुझावहरु प्राप्त भएको बताए । डाक्टर जोशीले भने,‘ आएका सुझावहरुलाई कार्यान्वयनमा ल्याउदै सुधारात्मक तर्फ जान्छौं । सुदूरपश्चिम विश्वविद्यालय प्रध्यापक संघका सभापति डाक्टर राजेन्द्र बिर चन्दले सुदूरपश्चिमका दुरदराजमा पनि कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरुले शिक्षण गरिरहेको बताए ।

सुदूरपश्चिममा मात्रै नभएर देशभरी नै विद्यार्थीको उच्च शिक्षा प्रतिको आकर्षण घटेको डाक्टर चन्दले बताए । कैलाली बहुमुखी क्याम्पस भित्र रहेको दक्ष जनशक्ति छ सभापती डाक्टर चन्दले भने, ‘उनिहरु संग भएको क्षमतालाई प्रयोग गर्न सकिएको छैन ।’

कैलाली बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति डाक्टर शिवप्रसाद सापकोटाले सरोकारवालाहरु संग अन्तरक्रिया आवश्यक रहेको बताए । उनले भने , ‘शिक्षा क्षेत्रमा गरिने अनुसन्धानमा विद्यालयका शिक्षकहरुलाई सहभागि गराउने छौं । ’ कैलाली जिल्ला प्रजातन्त्रवादी प्रध्यापक संघका सभापती मिनबहादुर कुँवरले कैलाली बहुमुखी क्याम्पसबाट अभ्यास शिक्षणका लागि जाने छात्र शिक्षकहरुको सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन धनगढीका विद्यालयका प्रधानाध्यापकहरु संग अन्तरक्रिया गरिएको बताए । कैलाली बहुमुखी क्याम्पसका प्रध्यापक डाक्टर मानबहादुर जोराले अन्तरक्रिया र अनुभव आदान प्रदान कार्यक्रमले गरेर सिक्ने कुरालाई कसरी प्रभावकारी बनाउन सकिने बताए ।

कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनका सभापती यमराज जोशीले अन्तरक्रिया कार्यक्रम उपलब्धी मूलकभएको बताए । सभापती जोशीले अभ्यास शिक्षण गर्न जाने विद्यार्थीहरुलाई सहजीकरण गरिदिन प्रधानाध्यापकहरु संग अनुरोध गरे ।

पञ्चोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिष कुमार ओझाले अन्तरक्रिया कार्यक्रममा दिएका सुझावहरुलाई ब्यावहारमा लागु गरिनुपर्ने बताए । छात्र शिक्षकहरु अभ्यास शिक्षणमा जादा औपचारिक पोशाकमा आउनुपर्ने, पाठयोजना तयारी गरेर पढाउने गर्नुपर्ने सुझाव पनि ओझाले दिए ।

कार्यक्रममा प्रधानाध्यापकहरु तेजबहादुर सिंह, ज्ञानेन्द्र शाह, तर्कराज जोशी, लेखनाथ ओझा, सिताराम जोशी, पदमराज शर्मा, रामबहादुर बोहरा, लक्ष्मणदत्त भट्ट, पदमराज जोशी, पूर्णनन्द नौन्याल, सिताराम अवस्थी, कृष्ण प्रशाद शर्मा लगायतले सुझाव दिएका थिए । कार्यक्रम अभ्यास शिक्षण समितिका सदस्य बाशुदेब बिष्टले गरेका थिए ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ असार १४

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP