२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

सोमबार सार्वजनिक बिदा

सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा बिदा दिइएको हो । गृह मन्त्रालयले आज सूचना जारी गर्दै ०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

‘मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको…,‘ सूचनामा भनिएको छ ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०८१ जेष्ठ ३२

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP