धनगढी- धनगढी उपमहानगरपालिकाले फोहोर सकंलनका नाममा लिदै आएको कर हटाउन नेकपा एमाले धनगढीले माग गरेको छ ।
आज नेकपा एमाले धनगढी उपमहानगर कमिटिले मेयर गोपाल हमाललाई ज्ञापनपत्र बुझाउँदै फोहोर माथी लगाइएको कर हटाउन माग गरेको छ । उपमहानगर कमिटिकि नव निर्वाचित अध्यक्ष अम्बिका बिष्ट मल्लले पछिल्लो समय धनगढी उपमहानगरपालिकाले बिभिन्न क्षेत्रमा लगाएको करबाट नगरबासी आतकिंत भएका कारण फोहोरमा लगाइएको कर हटाउन माग गरिएको बताइन् ।
जनताका आधारभुत आवश्यक्ता भित्र पर्ने स्वास्थ्य र सरसफाई जस्तो क्षेत्रमा समेत कर लगाउनु अब्वहारिक छ ज्ञापनपत्रमा भनिएको छ “स्वास्थ्य र सरसफाई स्थानिय सरकारको प्रमुख दायित्व रहेका कारण उपमहानगरबासीमा दिइने सेवा बारे दायित्वबोध हुन जरुरी छ, आम नागरिकले दैनिक जिवन निर्वाह गर्दा हरेक सिर्षकमा सरकारलाई तिर्दै आएको कर यति धेरै छ की आम्दानी कर, घरबहाल कर, मालपोत, ब्यवसाय कर, अनेकौँ शिर्षकमा कर तिरिरहनु परेको छ ।” नागरिकले सबै क्षेत्रमा राज्यलाई कर बुझाएपनि फोहोरको समेत कर लगाउनु अब्यवहारिक रहेको गुनासो बढेपछि उपमहानगरका मेयर गोपाल हमालको ध्यानाकर्षण गराएको उपमहानगर कमिटि अध्यक्ष अम्बिका बिष्ट मल्लले बताइन् ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...