२०८२ मंसिर २२, सोमबार
December 8, 2025, Monday

तलब नबढेको विरोधमा संसद् सचिवालयको चौरमा प्रदर्शन

सिंहदरबारस्थित संघीय संसद सचिवालयका कर्मचारीहरुले विरोध प्रदर्शनमा उत्रिएका छन् । तलव सुविधा बढाउन माग गर्दै उनीहरुले आज बिहान सचिवालयको चौरमा प्रदर्शन गरेका हुन् ।

हातमा कालोपट्टी बाँधेर प्रदर्शनमा उत्रिएका कर्मचारीहरुले आज दिनभर कालोपट्टी बाँधेरै काम गर्ने बताएका छन् । त्यस्तै, भोलि पनि आन्दोलनलाई निरन्तरता दिने उनीहरुको चेतावनी छ ।

संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेको नेतृत्वमा भएको विरोध प्रदर्शनमा उपाध्यक्ष प्रमिला पौडेल गौतम, सचिव सरस्वती रिजाल, कोषाध्यक्ष रामकृष्ण भेटवाललगायत तीन दर्जनको उपस्थिति थियो ।

Related News

दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 
  • २०८१ जेष्ठ ३१

दिपायल – शाजेन्द्रश्वर माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो लुगा वितरण...

TOP