असार १ गतेदेखि सडक खन्न नपाइने भएको छ । सडक विभागले सार्वजनिक सूचना निकालेर असार १ गतेदेखि भद्रौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो ।
विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा सडक खन्दा मर्मत सम्भारमा कठिनाई हुने भएकाले स्वीकृति नदिइने स्पष्ट पारेको छ । धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रँदै जाने भएकाले रोक लगाउनुपरेको सूचनामा उल्लेख छ ।
‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जाने भएकोले यही २०८१ असार १ गतेदेखि भद्रौ मसान्तसम्म यस कार्यालयअन्तर्गतका सडक डिभिजनहरु मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने,’ कार्यालयले भनेको छ ।
कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गर्ने समेत कार्यालयले चेतावनी दिएको छ ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...