दिपायल- डोटीको सिलगढीमा डोट्याली भाषा तथा साहित्य संरक्षणका लागि बौद्धिक बहस सञ्चालन गरिने भएको छ ।
माक्सवाद अध्ययन प्रतिष्ठानले खण्डीकृत हुन लागेको डोट्याल भाषालाई एकिकृत गराउन सरोकारवालाहरुसंग जेठ ३० गते बौद्धिक बहस कार्यक्रम गर्न लागेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
‘डोट्याल भाषाको इतिहास हेर्दा बृहत छ’ प्रतिष्ठानका अध्यक्ष केशवनाथ योगीले भने –‘अहिले प्रदेशका नौ वटै जिल्लामा फरक–फरक भाषा कायम गरि डोट्याल भाषालाई खण्डिकृत गरिने कार्य भइरहेको छ ।’ उनका अनुसार डोट्याल भाषा बोल्नेको संख्या पनि बढ्नुको सट्टा घट्दै गएको छ ।
झण्डै १७ लाख बढी डोट्याल भाषा बोल्ने संख्या रहेकोमा २०७८ को जनगणनामा संख्या घटेर सात लाख पुगेको छ । उनले भने –‘सुदूरपश्चिमका जिल्लामा बोल्ने वाक्यमा केही भिन्नता होला । तर, मातृभाषा सबैको डोट्याल हो । इतिहासको अध्ययन गरेर डोट्याल भाषा संरक्षणमा सरकारले ध्यान दिनुपर्छ ।’
उनले संघियतापछि धेरै स्थानीय तहहरुले आफनो मातृभाषा संरक्षण गर्नमा जोड दिइरहेको बताउँदै –‘तर, सुदूरपश्चिमका स्थानीय तहमा यस विषयमा ध्यान जान सकेको छैन् । स्थानीय पाठ्यक्रम निर्माण गरि डोट्याल राज्यको इतिहास, यहाको भेषभुषा, भाषा र साहित्यमा जोड दिनुपर्छ भन्ने हाम्रो बहसमा समेटिने छन् ।’
वृहत बहसमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, भाषा साहित्यका लेखक, राजनीतिक दलका प्रतिनिधि, साहित्यकार, विद्यार्थी, शिक्षक, समाजसेवी लगायतको सहभागिता रहने छ । उनले डोट्याल भाषाको इतिहास, यसको सुरुवात, विस्तार र अहिले खण्डिकृत हुँदै गइरहनुका कारण, यसको संरक्षण तथा प्रवद्र्धन लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने जानकारी दिए ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...