२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

ख्यालख्यालमै गयो सशस्त्र प्रहरीको ज्यान


दिपायल– बझाङमा सशस्त्र प्रहरीका जवानले ख्यालख्यालमै ज्यान गुमाएका छन् । सम्भावित विपद् र उद्धार कार्यको नमुना देखाउने क्रममा केदारस्युँ गाउँपालिका– ७ खिकीरीका २९ वर्षीय नरेन्द्र सिहं धामीले ज्यान गुमाएका हुन् ।

सशस्त्र प्रहरीमा कार्यरत धामी सोमबार ख्यालख्यालमै बझाङस्थित सेती नदीमा डुुबेको अभिनय गर्दै थिए । अभिनय गर्दागर्दै उनी नदीमा साँच्चिकै डुुबेर बेहोस भए । त्यसपछि घटना अभ्यासमा संलग्न उद्धार टोलीले उनको उद्धार गरेर जिल्ला अस्पताल लग्यो ।

अस्पताल पुग्नेवित्तिकै डाक्टरले धामीको मृत्यु भइसकेको जानकारी गराए । मृतक धामीका श्रीमती र दुई छोरा रहेका छन् ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८१ जेष्ठ २८

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP