२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

तरकारी पकाउने कराइ प्रहार गरी श्रीमतीको हत्या

श्रीमानले तरकारी पकाउने कराइ प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। दाङको गढवा गाउँपालिका– २, पचहियानिवासी २६ वर्षीय रन्जित चौधरीले २१ वर्षीया श्रीमती कमला चौधरीलाई तरकारी पकाउने कराइ प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्।

जेठ २४ गते राति करिब ९ बजेतिर गम्भीर घाइते भएकी उनको बुटवलको क्रमिसन हस्पिटलमा उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्।

श्रीमान् रन्जितलाई इलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ। घरासयी विवादका कारण घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ जेष्ठ २७

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP