२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

अछाम–दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड अड्किए

काठमाडौं– कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन्।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बोकेर ल्याउँदै गरेका १४ वटा खच्चड पुलमै फसेका हुन्।

बिहानैदेखि पुलको एकातर्फको लठ्ठा चुँडिदा खच्चड तारमा अड्किएको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिए।

उनले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए। उनका अनुसार अछाम र दैलेखबीच आउजाउ बन्द भएको छ। खच्चडले सामान बोकेर ल्याउँदै थिए।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ जेष्ठ २७

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP