विजयराज ओझा- रैथाने खेतीलाई जोगाउन र बजारीकरण गर्न स्थानीय सरकारले कोसेली घर स्थापना, होमस्टे सञ्चालन तथा साना तथा मझौला उद्योग प्रवर्द्धनका कार्यक्रम पनि ल्याउन आवश्यक देखिन्छ । यसका साथै व्यवस्थित प्याकेज गरि विभिन्न ठाउँमा रैथाने वालिको विकास बिस्तार गर्न आवश्यक देखिन्छ ।
स्थानीय सरकारले पनि किसान र तिनका उत्पादन प्रवर्द्धनका लागि विशेष योजना बनाउनुपर्छ । सबैको घरमा एउटा न एउटा रैथाने उत्पादन सिजनको समयमा खेर गएको अवस्था छ । भनेको समयमा बजारमा बिक्री भएको पाइदैन । रैथाने बाली किसानले सिमित मात्रामा लगाउने, लगाएको बालीले पनि बजार नपाउने र टाढाको बजारसम्म पुर्याउन महङ्गो भाडा तिर्नुपर्ने बाध्यताले वास्तविक किसानले रैथाने बालि न्यून मुल्यमा बिक्री गर्न बाध्य हुनु परेको अहिलेको तितो यथार्थ हामी सामू रहेको छ । किसानको रैथाने उत्पादनको बजारको ग्यारेन्टी गर्ने काम स्थानीय सरकारले गर्नुपर्छ । यस्ता काम सरकारले निजि क्षेत्र संगको सहकार्य मा समेत गर्न सक्छ ।
नेपालमा बिद्वान कहलिएकाहरु र हामी सचेत नागरिकहरुले देश बिकास र स्वरोजगारिको चर्को भाषण गर्ने गरेका छौ र विभिन्न दार्शनिक पुस्तकका ठेलीहरूमा अनेक सपना खोज्ने गरेका छौ । नेपालको माटो सुहाउदो नेपाली जनताको घर आँगनमा विद्यमान समस्याहरूको समाधान गर्न सके मात्र हामी जिम्मेवार नागरिक बनेको अर्थ हुनेछ । म विगतदेखि नै डोटीका गाउँ बस्तिमै हुन्छु, हरेक नागरिकको विशेष गरि डोटीका हरेक बस्तीका किसानका समस्यासंग परिचित छु । ती सबका साझा समस्या एउटै प्रकृतिका छन् । यसका लागि हरेक तहका सरकार समयमै जिम्मेवार हुन जरुरि छ ।
जनताको जीवनसँग कहीँकतै नजोडिने तर विद्वता छाँट्न मात्रै गरिने राजनीति हाम्रो समाजका लागि कोरा कागज सरह हुनेछ त्यसैले सरकारले छिटोभन्दा छिटो भू -उपयोग नीति ल्याउने र हरेक फसलको बजारको ग्यारेन्टी सरकारले गर्नु पर्छ । अहिलेको अवस्थामा लोभ हुन लागेको रैथाने बालीको संरक्षण गर्न अति आवश्यक छ ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...