२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

सशस्त्र प्रहरीको रगतले बचायो सुत्केरी


दिपायल– सशस्त्र प्रहरीले दान गरेको रगतले सुुत्केरी महिलाको ज्यान जोगिएको छ । दिपायल सिलगढी नगरपालिका– १ सिरखोलीसैनकी ३० वर्षीया सुत्केरी सरश्वती साउँदको ज्यान जोगिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल ३६ नम्बर गण हेड क्वाटर दिपायलमा कार्यरत सहायक हवल्दार कलावती रोकाया खड्काले सुत्केरी साउँदलाई रगत दिएकी हुन् । साउँदले तेस्रो पटक अप्रसन गरेर बच्चा पाएकी हुन् ।

सशस्त्र हवल्दार खड्काले रगत आवश्यक परेको जानकारी पाउने बित्तिकै बर्दीमै आएर रक्तदान गरेको सुुजंङ्ग अस्पतालका प्रशासन प्रमुुख अर्जुन बलायरले बताए । लगातार तेस्रो पटक अपे्रसन गरेर बच्चा जन्माएकी साउँदलाई रगतको अति आवश्यकता थियो,“बलायरले भने,“सशस्त्र हवल्दार खड्काले जानकारी पाउने वित्तिकै रगत दिन आउनुभयो । रगत चढाएपछि अहिले सुत्केरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ ।

आफुले अहिलेसम्म आठौं पटक रक्तदान गरेको सशस्त्र हवल्दार खड्काले बताइन् । रक्तदान जीवन दान हो । त्यो पनि सुत्केरी महिलालाई दिन पाउनुु र उनको स्वास्थ्य जोगाउनुु पाउनुमेरो सौभाग्य हो, उनले भनिन् ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८१ जेष्ठ २६

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP