२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

सेती नदीमा एक जना तीन दिन देखि बेपत्ता, लुगा भेटियो मान्छे भेटिएन


दिपायल – डोटीका एकजना वृद्ध तीन दिन देखि बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका- १ का ६३ वर्षीय वीरभान खड्का बेपत्ता भएका हुन् ।

२३ गते घरबाट हिँडेका उनी सोही नगरपालिकाको वडा नम्बर ३ मा पर्ने बासुधारा क्षेत्रबाट बेपत्ता भएका हुन् । प्रत्यक्षदर्शीले सेती नदीको किनारमा लुगा खोलेर नदीमा हाम फालेको बताए पनि एकिन हुन सकेको छैन ।

उनले प्रयोग गरेका लुगा कपडा चप्पल, लठ्ठी र पैसा नदी किनारमा भेटिएको उनका छोरा विनोद खड्काले बताए । बेपत्ता खड्काकोे शसस्त्र प्रहरी र प्रहरीले खोजीकार्य जारी राखेको जनाएको छ ।

गोताखोर टोली परिचालन गरेर खोजीकार्य गरिदिन हुन आफन्तले अपील गरेका छन् । बेपत्ता खड्का मानसिक बिरामी रहेको उनका छोराले बताए ।

Related News

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
  • २०८१ जेष्ठ २५

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई...

TOP