२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

महिला संघको नगर अध्यक्षमा रावल निर्वाचित

दिपायल– नेपाल महिला संघ शिखर नगरपालिकाको अध्यक्षमा सुनिता रावल (जोरा) निर्वाचित भएकी छिन् । बिहिबार सम्पन्न अधिवेशनबाट रावलको नेतृत्वमा २१ सदस्यीय नगर कमिटि सर्वसम्मत गठन गरिएको हो ।

संघको उपाध्यक्षमा सानुमाया बलायर र जानकी बलायर भुत्याल, सचिवमा राधिका शाही र गौरी महरा सर्वसम्मत निर्वाचित भएकी छिन् । त्यस्तै, कोषध्यक्षमा मनिसा रोस्यारा, सह–सचिवमा विमला बलायर निर्वाचित भएकी हुन् ।

सदस्यहरुमा कविता भट्ट, भावना जोशी, राुजुु विष्ट कठायत, अनिता मल्ल, पदमा बलायर, निर्मला जोरा, भवानी भाट, माता कामी, उमा पन्त, लाली भुल, पार्वती बिक, विर्मा बलायर र लक्ष्मी महरा निर्वाचित भएकी हुन् ।

अध्यक्षमा निर्वाचित रावल उक्त पालिकाको नगर उपप्रमुख पनि हुन् ।

नेपाल महिला संघकी डोटी जिल्ला अध्यक्ष माया कुवँरको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाली कांग्रसकी प्रदेश सदस्य प्रेमा श्रेष्ठ प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा नेपाली कांग्रसकी प्रदेश सदस्य दुुर्गा शर्मा, महाधिवेशन प्रतिनिधि प्रतिमा शाही, जिल्ला समन्वय समितिकी उपप्रमुख स्मृति चुनारा, जिल्ला सदस्यहरु रमा साउद, पवित्रा विक, नेत्री चन्द्रा साउद लगायत नगरका १ सय २० जना महिलाहरुको सहभागिता रहेको थियो ।

महिलाहरुको हक, अधिकार र लोकतन्त्रका लागि शशक्त आवाज उठाउने गरीसंघको नगर कमिटि गठन गरिएको नेपाल महिला संघकी डोटी जिल्ला अध्यक्ष माया कुवँरले बताइन् । निस्क्रिय कमिटिहरुलाई सक्रिय गराउँदै जिल्लाका अन्य पालिकाहरुमा पनि संघको कमिटि विस्तार गरिने उनले बताइन् ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८१ जेष्ठ २५

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP