२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

अब चाँडै नेपाल भित्रिँदै छ मनसुन

बर्खायाम सुरु गराउने मौसम प्रणाली ‘मनसुन’ अब छिट्टै नेपाल भित्रिने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अब ३र४ दिनभित्र मनसुन नेपाल प्रवेश गर्ने सम्भावना धेरै छ।

‘मनसुन सिक्किम आइपुगेको त ६ दिन भइसकेको छ’, बिहीबार बिहान नेपालखबरसँग भनिन्, ‘कहिलेकाहीँ मनसुन सिक्किम र नेपाल एकसाथ भित्रिन्छ, कहिले भने सिक्किमबाट नेपाल आउन पनि अलि समय लाग्छ।’

मनसुन गत मे ३१ तारिखमै सिक्किम आइपुगेको हो। त्यसो त मनसुन नेपाल भित्रिने सरदर मिति जुन १३ तारिख हो। आज जुन ६ तारिख हो। अर्थात् नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति आउन अझै एक हप्ता बाँकी छ। तर ठ्याक्कै यही मितिमा भित्रिन्छ भन्ने हुँदैन, सरदर मितिभन्दा दुईरतीन दिन अघिपछि पनि हुनसक्छ।

‘सिक्किमबाट मनसुन नेपाल आजभोलि नै प्रवेश गर्ने सम्भावनाचाहिँ छैन’, मौसमविद् कँडेलले भनिन्, ‘अबको ३र४ दिनभित्र मनसुन नेपाल भित्रिने सम्भावना धेरै छ।’

उनका अनुसार मनसुन एकैचोटि भित्रिँदैन। बिस्तारै लक्षण देखिन्छ र यसको ‘क्राइट एरिया’ पूरा भएपछि मनसुन भित्रिएको घोषणा गरिन्छ।

‘आज पानी पर्‍यो तर भोलि, पर्सि परेन भने त्यो मनसुन भित्रिएको मानिँदैन’, मौसमविद् कँडेलले भनिन्, ‘जे होस् मनसुनका सकारात्मक लक्षण देखिएका छन्, हामी अनुगमन गरिरहको छौँ, मनसुन भित्रियो भने हामी बुलेटिन जारी गरेर जानकारी गराइहाल्छौँ।’

त्यसअघिसम्मलाई प्रिमनसुन नै मानिन्छ।

मौसमविद्अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मितिचाहिँ अक्टोबर २ तारिख हो। यसपछि पोस्ट मनसुन सिजन सुरु हुन्छ। यो नोभेम्बरसम्म रहन्छ। त्यसपछि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ।

अहिले भने नेपालमा प्रिमनसुन सिजन चलिरहेको छ। यसपछि आउने सिजन मनसुन हो।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०८१ जेष्ठ २४

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP