२०८२ माघ २४, शनिबार
February 7, 2026, Saturday

एक पुरुषले मदिराको नसामा आफू, श्रीमती र ३ छोरीलाई पेट्रोल छर्किएर आगो लगाए

काठमाडौं– चाबहिलमा एकजनाले आफू, श्रीमती र तीन छोरीसहित स-परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्। मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन्।

सिंहले ४४ वर्षीया श्रीमती विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्किएर आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त गौशालको टोलीले उनीहरूको उद्धार गरी हेल्पिङ ह्याण्ड अस्पाल धुम्बाराही पुर्‍याएको थिइ । थप उपचारका लागि राति नै कीर्तिपुरको बर्न अस्पतलमा पुर्‍याइएको र उपचार जारी रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार रक्सीले मातेका चञ्चलले परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए। बर्न अस्पताल कीर्तिपुरका अनुसार गम्भीर घाइते जेठी छोरी सुप्रिया र माइली समृद्धीको आईसीयूमा उपचार भइरहेको छ। बुबा, आमा र कान्छी छोरी खतरामुक्त अवस्थामा सामान्य वार्डमा उपचाररत् छन्।

चञ्चलले यसअघि पनि रक्सी खाएर श्रीमीसँग झगडा गर्ने र पटकपटक मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तीन दिनअघि मात्रै पनि श्रीमती विनुले महानगरीय प्रहरी वृत गौशालामा आफूमाथि श्रीमान्‍ले हिंसा गर्दै आएको जानकारी गराएकी थिइन् । प्रहरी पुगेर चञ्चललाई सम्झाएर फर्किएको थियो।

Related News

सुजङ्ग स्कूलद्वारा सरस्वती पूजामा सङ्कलित दक्षिणा र अन्न गुरुकुललाई दान
सुजङ्ग स्कूलद्वारा सरस्वती पूजामा सङ्कलित दक्षिणा र अन्न गुरुकुललाई दान
  • २०८१ जेष्ठ २३

दिपायल – सुजङ्ग स्कूलले सरस्वती पूजाको अवसरमा सङ्कलित दक्षिणा र...

TOP