२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

सुपर ओभरको खेलमा नामिबियाको रोमाञ्चक जित

काठमाडौँ- टी-२० विश्वकप क्रिकेट अन्तर्गत सोमबार बिहान भएको खेलमा नामिबियाले ओमानमाथि रोमाञ्चक जित निकालेको छ। निर्धारित २० ओभर बराबरी भएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा नामिबियाले पहिले ब्याटिङ गर्दै २१ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको ओमानले लक्ष्य पूरा गर्न सकेन र खेल नामिबियाको पक्षमा गयो। ओमानले सुपर ओभरमा १ विकेट गुमाउँदै १० रन मात्र बनायो।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो। तर नामिबियाले पनि २० ओभर खेल्दै १०९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

नामिबियाका बलर रुबेन ट्रम्पलम्यानको घातक बलिङका कारण ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो।

ओमानको सुरुवात नै खराब रह्यो। पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो।

ओमानका खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे। त्यस्तै आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनको योगदान दिए।

४ विकेट लिएका नामिबियाका ट्रम्पलम्यानले ४ ओभरमा मात्र २१ रन खर्चिए। यस्तै डेभिड विसेले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए। बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे।

नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए। उनले ४८ बलमा ६ चौका प्रहार गरे। त्यस्तै, निकोलास डाभिनले ३१ बलमा २४ रन जोडे।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ जेष्ठ २१

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP