२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

भारतमा लोक सभा चुनाव सम्पन्न

काठमाडौँ- भारतीय लोक सभाको चुनाव मंगलबार सम्पन्न भएको छ। सात चरणमा भएको चुनावअन्तर्गत आज अन्तिम चरणको चुनाव सम्पन्न भएको हो।

पहिलो चरणको चुनाव अप्रिल १९ मा भएको थियो। दोस्रो चरणको अप्रिल २६ तथा तेस्रो र चौथो चरणको क्रमशः मे ७ र १३ मा भएको थियो। यस्तै पाँचौं, छैटौं चरणको मतदान भने क्रमशः मे २० र २५ मा भएको थियो।

यसैबीच भारतीय राष्ट्रिय कंग्रेसका सभापति मल्लिकअर्जुन खर्गेले विपक्षी इण्डिया गठबन्धनले २९५ सिट जित्ने दाबी गरेका छन्।

सभापति खर्गेले आफ्नो निवासमा विपक्षी दलका नेताहरुसँगको भेटमा यस्तो भनेको भारतीय न्यूज पोर्टल लाइभ मिन्टले जनाएको छ।

यदि उनले भने जस्तो चुनावी परिणाम आएमा विपक्षी गठबन्धनले बहुमत पार गर्ने दृश्य देखिनेछ। जुन मोदी पुनः प्रधानमन्त्रीमा दोहोरिने भारतीय जनता पार्टी (भाजपा)को दाबीको विपरीत हुनेछ।

भारतीय लोक सभामा ५४३ सिट छ। सामान्य बहुमत प्राप्त गर्न २७२ सिट जित्नु आवश्यक छ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०८१ जेष्ठ १९

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP