दिपायल– डोटीका स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० मा १५ करोड ६३ लाख रकम बढी बेरुजु देखिएको छ ।
महालेखा परिक्षकको आर्थिक वर्ष २०७९/८० प्रतिवेदनमा नौ वटा स्थानीय तह रहेकोमा १५ करोड ६३ लाख ३२ हजार रकम वेरुजु देखाइएको हो ।
डोटीमा सबैभन्दा बढी बेरुजु बडिकेदार गाउँपालिकामा रहेको उल्लेख छ । ९२ करोड ८३ लाख ४८ हजार रकमको लेखापरिक्षण भएकोमा एक करोड ९६ लाख ९६ हजार रकम बेरुजु भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार जोरायलमा एक अर्व २७ करोड ७३ लाख ७० हजार रकम लेखापरिक्षण भएकोमा दुई करोड ५० लाख ७३ हजार रकम बेरुजु भएको छ ।
डोटीको दिपायल सिलगढी नगरपालिकामा एक अर्व ४४ करोड ७१ लाख ७४ हजार लेखापरिक्षण भएकोमा एक करोड ७१ लख ६१ हजार र शिखर नगरपालिकामा एक अर्व ८१ करोड ९८ लाख ८३ हजार लेखापरिक्षण भएकोमा एक करोड ७४ लाख २६ हजार रकम बेरुजु भएको उल्लेख छ ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...