२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

डोटीमा आगलागीबाट २ पसल जले

दिपायल- डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं-१ साझघाटस्थित २ वटा पसलमा आगलागी भएको छ । बिहीबार राति ११:१५ बजेदेखि विद्युत् सर्ट भएर आगलागी भएको वडाध्यक्ष बलबहादुर खड्काले बताए ।

दिलबहादुर खड्काको दिलासा फेन्सी स्टोरबाट सुरु भएको आगलागी सँगै जोडिएर रहेको विष्णुबहादुर खड्काको खड्का हाटेल पनि पूर्ण रूपमा जलेर क्षति पुगेको वडाध्यक्ष खड्काले जानकारी दिए।

आगलागी भएको ३ घण्टापछि स्थानीय ,प्रहरी र दिपायल सिलगढी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ जेष्ठ १७

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP